नेकपा (एमाले)बाट भएपछि भीम रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरिरहेका छन्।
यो अभियान उनले आफ्नो गृहप्रदेश सुदूरपश्चिमका विभिन्न जिल्लामा सञ्चालन गरिरहेका छन्।सोही अभियान अन्तरगत शनिबार धनगढीमा पनि जागरण भेला गरिरहेका छन्।
उक्त जागरण भेला कैलाली र कञ्चनपुरमा केन्द्रित गरिएको रावलले बताए।
रावलले अभियान हुँदै पार्टी सञ्चालन गर्ने तयारी गरेपछि सबैभन्दा बढी प्रभाव प्रदेशमध्ये उनको गृहजिल्ला अछाममा पर्ने अनुमान छ। केही समयअघि उनले यो जागरण भेला अछामको विभिन्न ठाउँमा आयोजना गरेका थिए। जागरण अभियानमा उनका समर्थकहरूको सहभागिता थियो।
रावलको जागरण अभियानपछि सुदूरपश्चिम एमालेमा केहि प्रभाव पनि परेको छ।
एक साताअघि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले रावलको अभियानलमा संलग्न भएको भन्दै प्रदेश समिटी सदस्य र सल्लाहकार परिषद्मा रहेका पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको थियो।
प्रदेश सल्लाहकार परिषद् सदस्य हर्क कुँवर र लालबहादुर खड्का, प्रदेश कमिटी सदस्य जंग बहादुर विक, दुधकला बिष्ट र केशर मियालाई पार्टीबाट निस्कासन गरेको थियो। निष्कासन हुनेहरू मध्येका उनीहरु पाँचै जना अछामका हुन्