नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनका लागि अध्यक्ष पदमा नेत्र चापागाईंले उम्मेदवारी घोषणा गरेका छन्।
बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौंको कमलादीमा हुँदैछ।
शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न आन्दोलन र अभियान सञ्चालन गर्दै आएका चापागाईंले नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदमा उम्मेदवारी दिन लागेका हुन्।
यो पनि: नेसपा (नयाँ शक्ति) महाधिवेशन: बाबुराम भट्टराईलाई निर्विरोध नछाड्ने
नेसपा (नयाँ शक्ति) को अध्यक्ष पदमा बाबुराम भट्टराई पनि उम्मेदवार रहनेछन्।
नेपाल समाजवादी पार्टीको भ्रातृ संगठन नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष चापागाईंले विकल्प दिएर नयाँ वैकल्पिक शक्ति निर्माण गर्न आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।
यस्तो छ चापागाईंका एजेन्डा;