नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोलुखुम्बुको स्याङबोचेमा जलवायु न्यायसम्बन्धी गोष्ठी गरेको छ।
नेविसंघले बिहीबार क्लिन इनर्जी नेपाल, हरिण नेपाल, नेपाली युवा जलवायु अभियान, वर्ल्ड्स युथ फर क्लाइमेट जस्टिस, युथ एक्शन फर सस्टेनेबल एण्ड इको नेपाल, तथा युथ इनिसिएटिभ नेपाल को संयुक्त आयोजनामा जलवायु न्यायसम्बन्धी गोष्ठी गरेको हो।
यो कार्यक्रम नेविसंघले जय नेपाल टी-२० अन्तर्राष्ट्रिय अन्तरविश्वविद्यालय क्रिकेट प्रतियोगिता सम्पन्न गरेपछि आयोजना गरेको हो।
गोष्ठीमा जय नेपाल क्रिकेट प्रतियोगिताको विजयी टिम (मध्यपश्चिम विश्वविद्यालय), सगरमाथा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, हिमालयन ट्रेकर्स नेपालका प्रतिनिधि, स्थानीय बासिन्दा, ट्रेकर, नेविसंघका सदस्यहरू तथा जलवायु अभियन्ताहरूको सहभागिता रहेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।
सहभागीहरूले ‘जलवायु न्याय’ लेखिएको व्यानरमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय समुदायलाई जलवायु न्यायको माग राखेको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए।
क्रिकेट प्रतियोगितामा भएका जम्मा रन संख्याको बराबर वृक्षारोपण गर्ने प्रतिबद्धता अनुसार सहभागीहरूले वृक्षारोपण पनि गरेका छन्।