प्रतिनिधि सभा बैठक सुरू भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भनिएको बैठक केही ढिला गरी सुरू भएको हो।
आजको बैठकमा अध्यादेश पारित गर्ने कार्यसूची थियो। तर राष्ट्रिय सभामा निर्णायक रहेको जनता समाजवादी पार्टी नेपालले अध्यादेशबारे निर्णय गर्न ढिला गरेपछि बैठक ढिला सुरू भएको हो।
जसपाको निर्णय ढिला आउँदा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची हटाइएको छ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने तय भएको छ।
लाइभः