नेपाली कांग्रेस संसदीय दल बैठक सुरू भएको छ।
संघीय संसद भवनको ल्होत्से हलमा बिहीबार संसदीय दल बैठक बसेको हो।
बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा सरकारले ल्याएका ६ अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यक्रम छ। त्यसअघि कांग्रेस संसदीय दल बैठक बसेको हो। संसद बैठक बिहीबार दिउँसो १ बजे बस्दैछ।
बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा रहेका पार्टीका सांसदहरू उपस्थित छन्। सांसदहरूले राखेका जिज्ञासामा मन्त्रीहरूले जबाफ दिने कार्यक्रम पनि छ।
गत माघ १८ गते बसेको संसदीय दलको बैठकमा सांसदहरुले स्थानीय र प्रदेश तहको निर्वाचन आमनिर्वाचन भन्दा पछाडि गर्न र पार्टीको महाधिवेशन ०८४ को निर्वाचनपछि गर्न पनि माग गरेका थिए।
साथै सरकारका कामकारबाहीका सन्दर्भमा पनि प्रश्नहरू उठेको थियो।
सोही विषयमा मन्त्री र पदाधिकारीहरुले जबाफ दिनेछन्।
प्रतिनिधि सभामा कांग्रेसका ८८ र राष्ट्रिय सभामा १६ जना सांसद छन्। कांग्रेसले सरकारले ल्याएका अध्यादेशका पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाउनेछ।