प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को संसदीय दल नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गर्ने भएका छन्।
यसअघि १८ गतेको बैठकमा प्रमुख विपक्षी दलको तर्फबाट प्रचण्ड बोल्ने तय भएको थियो। त्यतिबेला दलीय आधारमा बोल्ने समय तोकिने भएपछि प्रमुख विपक्षी दलबाट प्रमुख सचेतक हितराज पाण्डे बोलेका थिए।
आजको बैठकमा भने पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले बोल्ने तय भएको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।
प्रतिनिधि सभाको आजको बैठक दिउँसो १ बजेदेखि सुरू हुनेछ। आजको बैठकमा सरकारले यसअघि ल्याएका अध्यादेशहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ।
माओवादी केन्द्र लगायतका विपक्षी दलहरूले प्रतिनिधि सभाबाट अध्यादेश अस्वीकृत गर्न ५० वटा प्रस्ताव पेस गरेका छन्।