साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा जारी बहसमा सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए।
सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्याौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जना बहस सकिएको हो।
अब जाहेरीवालाको तर्फबाट बहस सुरू भएको छ।
सहकारी पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ताहरू रमेश काफ्ले, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्नेछन्।