राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा हुने भएको छ।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार चैत १६ देखि १८ गतेसम्म काठमाडौंमा महाधिवेशन हुनेछ।
पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यसमितिले महाधिवेशन गर्न बाँकी रहेका भ्रातृ संगठनहरूको महाधिवेशन चैत मसान्तसम्म सक्न निर्देशन दिएको थियो।
पार्टीको निर्णय अनुसार सबै भातृ संगठनहरू महाधिवेशनको आन्तरिक तयारीमा जुटिरहेको संयोजित संगठन विभागका प्रमुख गोपाल दाहालले बताए।
अध्यक्ष राजेन्द्र लिङ्देनले पनि महाधिवेशन गर्न बाँकी रहेका भातृ संगठनको महाधिवेशन समयमै सम्पन्न गर्न निर्देशन दिँदै आएका छन्।
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विधानले निर्दिष्ट गरेको प्रावधानअनुसार महाधिवेशन गर्न हरेक हिसाबले तयार हुँदै गएको संगठनका संयोजक सुजित केसीको भनाइ छ।
अहिलेसम्म ३९ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको, केही जिल्लामा अधिवेशनको मिति टुंगो लागिसकेको र बाँकी जिल्लाको अधिवेशन पनि फागुनको तेस्रो सातासम्म सकिने उनको भनाइ छ।