सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले दर्ताका लाग आह्वान गरिएका सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभए प्रतिबन्ध लगाइने बताएका छन्।
मंगलबार नेपाल टेलिकमको वार्षिकोत्सव समारोहमा सञ्चारमन्त्री गुरूङले टिकटकबाहेक अरू सामाजिक सञ्जाल दर्ता गर्न नआएको बताउँदै दर्ता नभए प्रतिबन्ध गरिने बताएका हुन्।
'अगाडि पनि धेरै पटक भनेका छौँ। आएको छैन। जोजो आउँदैन त्यो खारेज हुन्छ, त्यो चल्न प्रतिबन्ध हुन्छ। जोजो आउँछ उनीहरुलाई सहज रुपले चल्ने वातावरण बनाउँछौं,' उनले भने।
मन्त्री गुरूङले त्यस्ता सामाजिक सञ्जालहरूलाई नेपालमा पैसा कमाउने अवसर दिँदा उनीहरूले पनि नेपाललाई केही न केही सहयोग गर्नुपर्ने बताएक।
'उनीहरुले केही पनि सहयोग नगरी बसिरहेको छ। हामी त्यो सबै नियमन गर्न चाहन्छौँ। नियमसंगत ढंगले सबै चल्नुपर्छ। कानूनी राज्य हो यो नेपाल। कानूनको आधारमा सबै चल्नुपर्छ उनीहरुको काम गर्ने यथोचित वातावरण बनाउँछौँ,' उनले भने।
उनले त्यस ढंगले अगाडि बढ्ने गरी आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौता तयार भइसकेको र चालु अधिवेशनमै पेस हुने बताए।
विधेयक पारित भएपछि अहिलेसम्म त्यसै चलिरहेका सामाजिक सञ्जाल प्लेटमर्फहरू दर्ता भएर मात्रै चल्न पाउने उनको भनाइ छ।
(न्युज एजेन्सी नेपाल)