बेलायतका राजकुमार एवं एडिनबर्गका ड्युक एड्वार्डकी श्रीमती सोफी काठमाडौं आइपुगेकी छन्।
मंगलबार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेकी हुन्। उनी एडिनबर्गकी डचेस हुन्।
उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका थिए।
ड्युक एड्वार्ड पनि मंगलबार नै काठमाडौं आइपुग्नेछन्।
उनीहरूको निजी भ्रमणमा नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। उनलाई ‘ख श्रेणी’को सुरक्षा व्यवस्था मिलाइएको छ।
दम्पत्तिले पोखराको घान्द्रुक घुम्ने, अन्नपूर्ण हिमश्रृंखला हेर्ने, र ब्रिटिश गोर्खाको क्याम्पमा जाने तालिका रहेको बेलायती समाचारहरूले जनाएका छन्।
उनीहरूको यो पहिलो नेपाल भ्रमण हो।