वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सिंहदरबार प्लास्टिकमुक्त भएको बताएका छन्।
न्युज एजेन्सी नेपालले गरेको ‘मन्त्रीसँग युवा’ कार्यक्रममा बोल्दै वन मन्त्री ठकुरीले भने, ‘४० माइक्रोनभन्दा कमको प्लाष्टिकलाई प्रतिबन्ध लगाइएको छ, त्यसैले अहिले सिंहदरबार प्लाष्टिकमुक्त बनेको छ।’
उनले काठमाडौं उपत्यकाकालाई नै प्लाष्टिकमुक्त बनाउन महानगरपालिका, वन तथा वातावरण मन्त्रालय लगायतले प्रयास गरिरहेको बताए।
उनले हरित सहर बनाउने विषयमा आफ्नो ध्यानाकर्षण भएको पनि बताए।