नेपाली कांग्रेसले प्रदेश सभापतिहरूलाई संगठन सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रशिक्षण दिएको छ।
सातै प्रदेशका सभापतिहरूलाई पोखरा बोलाएर कांग्रेसले प्रशिक्षण दिएको हो।
प्रशिक्षणको सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्। प्रशिक्षणमा प्रदेश प्रशिक्षण विभाग प्रमुखहरू पनि सहभागी छन्।
पार्टीका उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना र कांग्रेस गण्डकी प्रदेशको व्यवस्थापनमा प्रशिक्षण दिइएको कांग्रेसले जनाएको छ।
साथै कांग्रेसले मंगलबार र बुधबार जिल्ला सभापतिहरूलाई प्रशिक्षण दिने तयारी गरेको छ। प्रशिक्षणका लागि कांग्रेसका पदाधिकारीहरू र विज्ञहरू पोखरा पुगिसकेका छन्।