कमल थापा नेतृत्वको राप्रपा नेपालले पाथीभरा क्षेत्रमा केबलकारभन्दा व्यवस्थित पैदलमार्ग र सडक बनाउनुपर्ने बताएको छ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले आइतबार विज्ञप्ति निकालेर पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर गोली चल्नु दुर्भाग्यपूर्ण अवस्था रहेको उल्लेख छ।
‘पाथीभरा क्षेत्रमा केबलकार होइन, सुविधायुक्त पैदलमार्ग, खानेपानी, बिजुली, विश्रामस्थल, शौचालयको विकास र विस्तार गर्नुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘काफ्लेपाटीभन्दामाथि माथिल्लो फेदीसम्म मोटरबाटो निर्माण गरिनु उपयुक्त हुन्छ।’
केबलकार निर्माण कार्यलाई स्थगन गर्न पनि राप्रपा नेपालको सुझाव छ।
यस्तो छ विज्ञप्ति:
