राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापतिसमेत रहेका सांसद स्वर्णिम वाग्लेले सभापति रवि लामिछानेलाई संसदमा खोजेका छन्।
शुक्रबार प्रतिनिधि सभामा दलीय आधारमा धारणा राख्ने क्रममा वाग्लेले चितवनबाट दुई पटक भारी मतका साथ विजयी भएका सांसद लामिछाने संसदमा नदेखेको बताएका हुन्।
‘हाम्रो पार्टीका सभापति रवि लामिछाने आज यहाँ उपस्थित हुनुहुन्न,’ उनले भने, ‘२०६४ सालमा ल्याइएको सम्पत्ति शुद्धीकरण ऐन दफा २७ मा टेकेर राष्ट्र सेवकलाई मुद्दा दायर हुनासाथ निलम्बन गरिने भन्नेमा टेकेर तर संविधानको धारा १०३ र १०४ विशेष प्रावधानलाई बेवास्ता गर्दै उहाँलाई निलम्बित गरिएको छ। त्यसको कानुनी उपचार हामी खोज्छौं। आज सभामुखलाई भेटेर निलम्बन फुकुवाको आग्रह गरेका छौं।’
लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहसाथ खनिएको पनि उनले बताए। अदालतको विचाराधीन विषयमा आफू धेरै नबोल्ने पनि उनले बताए।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर लागेको थियो।
सुर्यदर्शन सहकारी बचत अपलचन मुद्दामा लामिछानेलाई जिल्ला अदालत कास्कीले लामिछानेलाई ६५ लाख धरौटीमा छाडेको थियो भने स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा जिल्ला अदालत काठमाडौंले ६० लाख र सुप्रिम सहकारीको मुद्दामा जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाडेको थियो।
भिडिओ: