नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरूरी रहेको बताएका छन्।
शुक्रबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सत्तामा हुँदा एउटा र प्रतिपक्षमा जाँदा अर्को कुरा गर्ने परिपाटी राम्रो नभएको बताए।
‘सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त होइन, एउटा कुरा उपयुक्त हो। मैले मेरो कुर्सीमा रहँदा, सरकारको नेतृत्व गर्दा, मेरो मन्त्रालयको नेतृत्व गर्दा मैले जिम्मेवारी पाउँदा, देश र जनताको हितमा कति काम गरेँ, स्पष्टसँग जनतालाई भन्नसक्ने आकडा, हिसाबकिताब रहनै पर्छ। तबमात्र हामी जनताको प्रतिनिधि भएर, जनताको सार्वभौम अधिकार जनताको लागि प्रयोग गर्ने अधिकारको सदुपयोग गर्न सक्छौँ,’ उनले भने।
संविधानको अधिकार प्रयोग गर्न नपाएको प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेको बताए।
अहिले पनि नेपालको समग्र मानसिकता संघीयता बमोजिम हुन नसकेको उनको भनाइ छ।
(न्युज एजेन्सी नेपाल)