नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अविधेशनलाई अध्यादेश अधिवेशन बनाएको बताएका छन्।
राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले हिउँदे अधिवेशनअघि सरकारले अध्यादेश ल्याएर अध्यादेश अधिवेशन बनाउनु दुःखद् भएको बताए।
‘यो अधिवेशनलाई सरकारले अध्यादेश अधिवेशन बनायो। हिउँदे अधिवेशन, नियमित अधिवेशन समयमा नबोलाउने, त्यसलाई पर धकेल्दै लैजाने, अनि अध्यादेश धमाधम जारी गरेर ६ वटा अध्यादेश यो अधिवेशन बोलाउनु अगाडि जारी गरियो र अहिले त्यो अध्यादेश प्रस्तुत हुँदैछ,’ उनले भने, ‘विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्यो सरकारले, त्यसप्रति म दुःख प्रकट गर्दछु।’
सांसद श्रेष्ठले देश विकासमा सत्तापक्ष र प्रतिपक्ष नभनी काम गर्नुपर्ने बताए।
(न्युज एजेन्सी नेपाल)