जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले मुलुकमा आशा र विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता रहेको बताए।
‘मुलुकमा आशा र विश्वास जगाउनुपर्ने ज्यादै गम्भीर आवश्यकता छ। जनतामा भएको निराशा र अविश्वास चिर्नुपर्ने आवश्यकता छ। त्यसमा के पक्ष, के प्रतिपक्ष? हामी सबै जिम्मेवार दलहरूले, सांसदहरूले गम्भीरतापूर्वक काम गर्नुपर्नेछ,’ उनले भने।
उनले यस्ता खालका व्यवहारले जनताको विश्वास समाप्त हुने र निराशा बढ्ने बताए। जनताको विश्वास आर्जन गर्ने कुरामा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने उनको भनाइ छ।
(न्युज एजेन्सी नेपाल)