राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू संसदमा फर्किएका छन्।
संसद बैठक बहिष्कार गरेको १५ मिनेटपछि रास्वपा सांसदहरू फर्किएका हुन्।
शुक्रबारदेखि सुरू भएको संसदको हिउँदे अधिवेशनमा बोल्न समय नदिइएपछि रास्वपा सांसदहरूले बैठक बहिष्कार गरेका थिए। १ बजेका लागि बोलाइएको बैठक केही समय ढिला सुरू भयो।
रास्वपाका सांसदहरूले बोल्न समय माग गर्दै विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने कार्यसूची रहेको र आफ्नो पालोमा बोल्न र त्यसबेला बरू केही समय थप गर्न सकिने भन्दै आसनग्रहण गरी बैठक सञ्चालनको वातारण बनाउन आग्रह गरेका थिए।
तर रास्वपा सांसदहरू उठेर विरोध गरिरहे। सभामुख घिमिरे कार्यसूचीमा प्रवेश गरे। त्यसपछि रास्वपा संसदीय दल उपनेता विराजभक्त श्रेष्ठले आफूहरूलाई विभेद गरेको भन्दै १५ मिनेट बैठक बहिस्कार गर्ने बताए भने त्यससँगै रास्वपा सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।
संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्।