प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको डुंगामा प्वाल पारेर फुत्तै अर्को डुंगा चलाउने प्रवृत्तिको अन्त्य भएको बताएका छन्।
शुक्रबारदेखि सुरू भएको संसदको हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सत्ता परिवर्तन हुने अवस्थामा पूर्णविराम लागेको बताएका हुन्।
'सत्ताको नाऊमा प्वाल पारेर फुत्तै अर्कै डुंगा चलाउने र मुलुक एवम् तिरस्कार गर्दै सत्ता पत्ता खेलिरहने विद्रुप स्थितिमा बन्ध्याकरण भएको छ,' उनले भने।
प्रधानमन्त्री ओलीले त्यसलाई गएको ६ महिनामा संसदीय राजनीतिमा दोहोर्याउन नपरेको सुखद पक्ष भनेका छन्।
त्यसबाट संसदसमक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भएको पनि प्रधानमन्त्री ओलीले बताए।