राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन्।
शुक्रबार मध्याह्न सिंहदरबार पुगेर लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन्। भेटमा रास्वपाका सांसदहरू पनि सहभागी थिए।
भेटमा आफ्नो सांसद पद निलम्बनबारे लामिछानेले सभामुखको ध्यानाकर्षण गराएका थिए।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वत: निलम्बनमा परेको थियो।
त्यसको सूचना संसद सचिवालयले माघ ८ गते प्रकाशित गरेको थियो।
रास्वपाले संसदको नियमावलीअनुसार आफ्नो सभापतिलाई सांसदबाट निलम्बन गर्न नमिल्ने दाबी गर्दै आइरहेको छ।
सोही विषयमा रास्वपाले यसअघि पनि सभामुख घिमिरेलाई भेटेर ध्यानाकर्षण गराएका थिए।
सहकारी ठगी मुद्दामा लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख, जिल्ला अदालत काठमाडौंले ६० लाख र जिल्ला अदालत रूपन्देहीले एक करोड धरौटीमा छाडेको थियो।