नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरू भएको छ।
पार्टी कार्यालय आलोकनगरमा बिहीबार दिउँसो बैठक सुरू भएको हो।
बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी कमिटीका आगामी बैठकलगायत विषयमा कुराकानी हुने नेताहरूले बताएका छन्।
समाजवादीले आन्दोलनबाट पार्टी निर्माण गर्ने भन्दै देशव्यापी अभियान चलाउने निर्णय गरेको छ। आन्दोलनको मोडालिटीका बारेमा पनि सचिवालय बैठकमा छलफल हुँदैछ।
यस्तै अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशनबाट युवा संघ नेपाल र अनेरास्ववियूका अध्यक्षको जिम्मेवारी खोसेको भन्दै नेताहरूले नै आलोचना गरिरहेका छन्। यस बारेमा पनि बैठकमा छलफल हुनेछ।