नेपाली कांग्रेसको संसदीय दल बैठक माघ १८ गते बस्ने गरी स्थगित भएको छ।
संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आइतबार र सोमबार संसदीय दल बैठक बसेको थियो।
सोमबारको बैठकमा सांसदहरूले मन्त्रीहरूलाई मन्त्रालयगत रूपमा प्रश्नहरू सोधेका थिए। बैठकमा १८ जना सांसदहरूले धारणा राखेका थिए।
प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार संसदीय दल बैठक माघ १८ गते बिहान पुन: बस्नेछ।
माघ १८ गते दिउँसो १ बजेदेखि संसदको हिउँदे अधिवेशन सुरू हुँदैछ।
‘आजको बैठकमा १८ जना सांसदहरूले धारणा राख्नुभयो, केही सांसदहरूले माघ १८ गते पुन: बैठक बस्नेछ, त्यहाँ धारणा राख्नु हुनेछ,’ उनले भने।
कांग्रेसले सरकारका कामकारबाहीबारे केही असन्तुष्टि भए पार्टीकै आन्तरिक बैठकमा राख्न र संसद बैठकमा नराख्न आग्रह गर्दै आएको छ।
यो पनि: सांसदका फरक मत रोक्न 'वार्मअप' गर्दै कांग्रेस