प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई केही दिनअघि रूघाखोकी लागेको बताएका छन्।
रूघाखोकी लागेको र स्वार भासिएको भन्दै प्रधानमन्त्री ओली बालुवाटारमै केही दिन आराम गरी सार्वजनिक कार्यक्रमहरूमा देखा परेका थिएनन्।
आफूलाई रूघाखोकी लागे पनि अस्पतालको आइसियुमा बसेको फोटो सामाजिक सञ्जालमा राखेर भ्रम फैलाइएको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘मलाई रुघाखोकी लागेको हो, एन्टीबायोटिकले अलि कमजोर बनाएको छ। हाच्छ्यु गरेको देख्यो भने आइसियु कक्षकमा बसेको फोटो आइहाल्छ, खोक्न पाएको छैन आइसियुमा बसेको फोटो देखाउँछन्,’ सोमबार सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने।
अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीले बालुवाटारबाटै भर्चुअल रूपमा सिद्धबाबा सुरूङ ब्रेक थ्रुजस्ता कार्यक्रममा सहभागीता जनाएका थिए।