हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक माघ १८ गतेदेखि सुरू हुँदैछ।
माघ १८ गते दिउँसो १ बजे प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए।
उक्त छलफलपछि नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले माघ १८ गते प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले संसद बैठकलाई सम्बोधन गर्ने बताए।
‘प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले माघ १८ को बैठकलाई सम्बोधन गर्नु हुनेछ,’ उनले भने, ‘अध्यादेश पनि माघ १८ गते नै प्रस्तुत हुनेछ र माघ २२ गते निणयार्थ प्रस्तुत हुनेछ। अन्य विधेयकहरू पनि अघि बढ्नेछ।’
थप विषय मंगलबारको कार्यव्यवस्था परामर्श समिति बैठकमा छलफल गरिने उनले बताए।