राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिनिता कठायतले कृषि समितिको अनुगमनका क्रममा सांसदहरूले व्यक्तिगत जीवनका बारेमा टिकाटिप्पणी गरेकोमा छानबिन गर्न माग गरेकी छन्।
उनले कृषि समितिको अनुगमनमा समितिका सदस्यहरूको आचरणलाई लिएर प्रश्नसमेत उठाएकी थिइन्।
त्यसपछि उनलाई प्रमाण लिएर आउन भनिएको थियो। सांसद कठायतले सिसिक्यामेरा फुटेज झिकाएर यस विषयमा छानबिन गर्न पत्र बुझाएकी हुन्।
समितिले पुस २४ देखि २९ गतेसम्म नेपालगञ्जदेखि पोखरासम्म पुगेर अनुगमन गरेको थियो।
समिति सदस्यहरू बसेको पोखरास्थित होटलको पुस २९ गते बेलुकी ८ देखि १० बजेसम्मको सिसिटिभी फुटेज र खर्च विवरणको बिल भरपाइ झिकाएर उपलब्ध गराउन पनि उनले माग गरेकी छन्।
यो पनि: कांग्रेस–एमालेका सांसदले रक्सी खाएर रास्वपा सांसदको कुरा काटेको विनिता कठायतको आरोप