उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय, प्रदेश र संघीय सरकार मिलेर विकास निर्माणका काम अघि बढाइने बताएका छन्।
धादिङ लोक साँस्कृतिक महोत्सवलाई बिहीबार सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले भने, ‘तीनै तहका सरकार मिलेर काम अघि बढाउँछाैं, सबै काम एकै पटक हुँदैन। नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछाै।’
उनले समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठूलाे भूमिका निर्वाह गररिरहेको पनि बताए।
लाेकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नाे कला, धर्म, सँस्कृति जगेर्ना गर्न राम्राे वातावरण बनेकाे उनले बताए।