राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्दैछ।
प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार बिहीबार दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्नेछ।
केन्द्रीय समितिका एजेन्डा तय गर्न कार्यसम्पादन समिति बैठक बस्न लागेको हो।
राप्रपाले शुक्रबार र शनिबार केन्द्रीय समिति बैठक गर्न लागेको छ। केन्द्रीय समिति बैठक माघ ११ गते धुम्बाराहीमा बस्नेछ।
पार्टीको अधिवेशन, राजनीतिक परिस्थिति समीक्षा, संगठन सुदृढीकरणलगायत विषयमा केन्द्रीय समितिमा छलफल हुनेछ।