प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिले उजुरी अध्ययन गर्न उपसमिति गठन गरेको छ।
नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको नेतृत्वमा उपसमिति गठन भएको हो। यो समितिले लेखा समितिमा परेका १०० वटा उजुरी अध्ययन गर्नेछ।
समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरिएको जानकारी दिए।
समितिमा सांसदहरू गोकुल बास्कोटा, मञ्जु खाण, लेखनाथ दाहाल, हरि ढकाल, प्रेम आले र अमरेशकुमार सिंह सदस्य छन्।
समितिले उजुरीहरू अध्ययन गर्छन् भने कुन-कुन विषय समितिमा छलफल गर्ने भन्नेबारे टुंगो लगाउँछन्।
यस्ता छन् उजुरी: