प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन्।
आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौं उक्त कार्यक्रम हुनेछ।
अन्तर्राष्ट्रिय हिमनदी वर्ष २०२५ का अवसरमा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रम शुभारम्भ गरेका हुन्।
सरकारले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ।
नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा आवाज उठाउँदै आएको छ।