राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मंगलबार संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्।
मन्त्रिपरिषदको सोमबारको बैठकले संघीय संसदको हिउँदे अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो।
उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेका हुन्।
माओवादी केन्द्रसहित विपक्षी ६ दलले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन सरकारलाई दबाब दिएका थिए।
सरकारले हालै ५ वटा अध्यादेश ल्याउने निर्णय पनि गरेको थियो।