धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन्।
धरानमा खानेपानीको समस्या रहेको भन्दै उनी रित्तो गाग्रीसहित सोमबार काठमाडौं आइपुगेका हुन्।
मेयर साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री प्रदीप यादवलाई भेट्ने कार्यक्रम छ।
सरकारले धरानको खानेपानी समस्या समाधान गर्न बेवास्ता गरेको मेयर साम्पाङको भनाइ छ। त्यसैले उनी रित्तो गाग्रीसहित प्रधानमन्त्री र मन्त्री भेट्न संघीय राजधानी काठमाडौं आएका हुन्।
मेयर साम्पाङले मंगलबार सिंहदरबार पुगेर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्ने बताएका छन्।