नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले साना दलको अनावश्यक दम्भ अन्य गर्न वर्तमान सरकारले स्थायित्व पाउने बताएका छन्।
आइतबार पार्टी जिल्ला कमिटी धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
'संसदमा प्रतिनिधित्वका आधारमा कांग्रेस र मतका आधारमा एमाले पहिलो दल भएकाले जनताको मतको सम्मान गर्न र साना दलहरूको अनावश्यक दम्भ अन्य गर्न पनि वर्तमान सरकारले स्थायित्व पाउनेछ,' महासचिव पोखरेलले भने।
यस्तै, नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धन सरकार विघटनको प्रसंग सुनाउँदै उनले ३२ सिट भएको पार्टीले एमाले र कांग्रेसभन्दा ठूलो भएको दम्भ देखाएकाले वर्तमान गठबन्धन बनेको जिकिर गरे।
उनले वर्तमान गठबन्धन सरकार जनताले दिएको जनमत र देशको आवश्यकताअनुसार बनेकाले कसैले चाहँदैमा नढल्ने समेत बताए।
महासचिव पोखरेलले हालको संसदमा दलहरूको उपस्थितिले गर्दा सरकार सञ्चालनको जनमत एमाले र कांग्रेसलाई मिलेर अगाडि बढ्ने रहेको भन्दै सोहीअनुसार सत्ता सहकार्य भएको धारणा राखे।