नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन्।
शुक्रबार विपक्षी दलहरूको पत्रकार सम्मेलनपछि बोल्दै अध्यक्ष नेपालले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको आरोप लगाएका हुन्।
यो पनि: संविधान संशोधन २०८७ सालमा हुन्छ: प्रधानमन्त्री ओली
‘यो सरकारले जनअपेक्षा पूरा गर्न सकेको छैन, जनतालाई सुशासन दिन सकेको छैन, रोजगारी प्रवर्द्धन गर्न सकेको छैन, उत्पादन बढाउन सकेको छैन। समाजमा सकारात्मक सन्देश दिन सकेको छैन, त्यसैले यो सरकार असफल छ,’ अध्यक्ष नेपालले भने।
यो पनि: २०८७ मा संविधान संशोधन हुन्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा कांग्रेस महामन्त्री शर्माको असहमति
सरकारको काम र क्रियाकलाप सन्तोषजनक नभएको पनि उनले बताए।
‘सबै क्षेत्रमा यसको काम अत्यन्तै अलोकतान्त्रिक छ। संविधानलाई पूर्ण रूपमा बेवास्ता गरेको छ। अब संविधान संशोधन गर्न २०८७ सम्म कुर्नुपर्ने? यो सरकारलाई ०८७ सम्म टिकाइराख्नुपर्यो?,’ उनले प्रश्न गरे।
(न्युज एजेन्सी नेपाल)