लप्सिफेदी प्रदर्शनका क्रममा पक्राउ परेका १६ जनालाई रिहा गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग माग गरेको छ।
बिहीबार पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै विद्युत सव-स्टेशन क्षेत्रका प्रभावितले माग राख्दै प्रदर्शन गर्दा पक्राउ गरिएका १६ जनालाई रिहा गर्न माग गरेका हुन्।
बिहीबार पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै उक्त बोझेनी प्रदर्शनका क्रममा पक्राउ परेका १६ जनालाई रिहा गर्न माग गरेको छ।
काठमाडौंको शंखरापुर नगरपालिका-३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत सव-स्टेशन क्षेत्रका प्रभावित स्थानीयले केही समयदेखि विभिन्न माग राखी प्रदर्शन गरेका थिए।
'बस्तीको मध्य भागमा सव-स्टेशन निर्माण हुँदा सव-स्टेशनले ठूलो क्षेत्र ओगट्ने, ठूलो संख्यामा स्थानीय प्रभावित बन्नुपर्ने र वैकल्पिक स्थानमा सवस्टेशन स्थानान्तरण गरिनुपर्ने स्थानीयको मागलाई आपसी संवाद, छलफल र सहमतिका आधारमा सम्बोधन गरिनुपर्नेमा जबरजस्ती परिस्थितिलाई उत्तेजित तुल्याउने, दमन र धरपकड गर्ने कार्य गरिनु अनुचित छ,' विज्ञप्तिमा भनिएको छ।
यस्तै प्रदर्शनमा घाइते भएकाहरूलाई निःशुल्क उपचार र वार्ताद्वारा समस्याको समाधान गर्न सरकारसँग राप्रपाले माग गरेको छ।