बुधबार प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को आह्वानमा सिंहदरबारमा विपक्षी ६ दलका शीर्ष नेताहरू बैठक बसेर संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय गरे।
विपक्षी दलहरूले बिहीबार पनि बैठक गरी त्यसका निर्णय सार्वजनिक गर्ने तयारी गरेका छन्।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने सरकारले संसद अधिवेशन बोलाउनेबारे कहिले सिफारिस गर्छ भन्ने प्रष्ट जबाफ दिएका छैनन्।
सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउने र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।
‘संसद अधिवेशन पनि यथोचित समयमा बस्नेछ,’ प्रतिपक्षी दलहरूलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने, ‘विधेयकहरू र अन्य संसदले गर्ने काम अघि बढाउनेछ।’
प्रधानमन्त्री ओलीले सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ र सरोकार भएका पक्षसँगको सघन छलफलपछि सुशासन र विकासका लागि जरूरी भएकाले विभिन्न अध्यादेश ल्याइएको पनि बताएका थिए।
यो पनि: सरकारलाई सफल बनाउन अध्यादेश ल्याउनुपर्यो: प्रधानमन्त्री ओली