राष्ट्रपति रामचन्द्र पौडेलले माघीका अवसरमा शीतल निवासमा चियापान समारोह आयोजना गरेका छन्।
उक्त अवसरमा राष्ट्रपति पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न अपिल गरेका थिए।
माघी पर्वका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित चियापानमा बोल्दै राष्ट्रपतिले देशमा सुशासन, विकास र शान्तिनै नेपाल र नेपालीको अभिष्ट भएको बताएका हुन्।
चियापान समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल पनि सहभागी थिए।
पूर्वराष्ट्रपतिद्वय रामवरण यादव र विद्यादेवी भण्डारी पनि समारोहमा उपस्थित थिए।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू पनि सहभागी थिए।
तस्बिरहरू:
तस्बिरहरू: राष्ट्रपति र प्रधानमन्त्रीको सचिवालय