नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बाढी-पहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहज रूपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन्।
सोमबार प्रचण्डले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता, कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढी-पहिरो प्रभावित क्षेत्रको पुनः निर्माण लगायतका विषयमा लिएका थिए। सोपछि प्रचण्डले भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर उक्त आग्रह गरेका हुन्।
तत्काल सरकारले मर्मतमा मात्रै ध्यान दिँदा पनि आवागमन सहज हुने अवस्था रहेको प्रचण्डको भनाइ थियो। त्यसैले तत्काल मर्मत कार्य अघि बढाएर पुनः निर्माणलाई गति दिन उनले आग्रह गरे।
'काठमाडौं-सिन्धुपाल्चोक खण्डमा दुई वटा बेलीवृज बनाउने र पहिरो गएको खण्डमा राम्रोसँग मर्मत गर्ने हो भने आवागमन सहज हुने अवस्था छ,' उनले भने।
यसै वर्ष बाढीपहिरोले काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको थियो।