नेविसंघको विधान समितिले संशोधन र परिमार्जन गरेको विधान अध्यक्ष दुजाङ शेर्पालाई हस्तान्तरण गरेको छ।
पार्टीबाट अनुमोदन भएसँगै यसै विधानको आधारमा नेविसंघको १२ औं महाधिवेशन सम्पन्न हुने प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।
गत कार्तिक ७ गते संघका केन्द्रीय सदस्य नगेन्द्रप्रसाद आचार्यको संयोजकत्वमा पाँच सदस्यीय विधान समिति गठन गरिएको थियो।
वेक लिम्बू, राजेशकुमार श्रेष्ठ, सुनिल शाही, मन्जु विश्वकर्मा सदस्य रहेको उक्त समितिले तयार गरेको विधानले सङ्घीय संरचना र समावेशीता अनुसरण गरेको छ।
विधान समितिले अध्यक्षलाई विधान बुझाए सँगै अब नेविसंघ महाधिवेशन उन्मुख भएको प्रवक्ता सेजुवालले जानकारी दिए।
नेविसंघलाई चैतभित्र महाधिवेशन गर्न कांग्रेसले निर्देशन दिएको छ।