माघेसंक्रान्ति नजिकिँदै गर्दा तरूलको भाउ वृद्धि भइरहेको छ। आइतबार थोक बजारमै तरूलको भाउ प्रतिकिलो ३० रूपैयाँले बढेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजारमा आइतबार तरुलको भाउ १०० देखि १२० रूपैयाँ प्रतिकिलो तोकिएको छ। शनिबार यसको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो थियो।
थोक बजारमै महँगिएको तरूल किन्न उपभोक्तालाई अझै महँगो पर्छ।
काठमाडौंमा माघेसंक्रान्तिमा तरूलको माग अत्यधिक हुन्छ। काठमाडौंको माग धान्न आसपासका विभिन्न जिल्लाबाट अरू समयमा भन्दा बढी परिमाणमा तरूल भित्रिन्छ।
पिडालुको भाउ भने स्थिर रही ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ
सखरखण्डको भाउ १० रूपैयाँ घटेको छ। शनिबार ८० देखि ९० रूपैयाँमा कारोबार भएको सखरखण्डको भाउ आइतबार ७० देखि ८० रूपैयाँ प्रतिकिलो छ।
यस्तो छ आज अरू तरकारीको भाउ