सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक संसदमा पेस गर्न स्वीकृति दिएको छ।
शुक्रबार राति बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको हो।
विधेयकमा प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विभिन्न व्यवस्थाहरू उल्लेख छ। गृहमन्त्री लेखकले यसलाई प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिँदै आएका थिए । सोही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो।
गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो।
विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्मामा पेश गरिएको गृहमन्त्री लेखकले जानकारी दिए।
उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने बताए।