शुक्रबार बेलुकी साढे नौ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरू भएको छ।
बैठकले केही महत्त्वपूर्ण अध्यादेश पास गर्ने अनुमान छ।
शुक्रबार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली, कानुन, न्याय तथा संघीय मामिला मन्त्री अजय कुमार चौरसिया र मुख्य सचिव एकनारायण अर्याल शितल निवास पुगेका थिए।
संसदले थुप्रै अध्यादेश पास गर्न लागेको र तीमध्ये केही संवेदनशील भएकाले प्रधानमन्त्री ओली राष्ट्रपतिलाई जानकारी गराउन शितल निवास गएको बालुवाटार स्रोतले बतायो।
मन्त्रिपरिषदले पास गरेको अध्यादेश राष्ट्रपतिले जारी गरेपछि मात्र लागू हुन्छ।