राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को स्थानीय तह परिचालन विभागअन्तर्गत प्रदेश संयोजक तोकिएको छ।
विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधानको सिफारिसमा प्रदेश संयोजकहरू तोकिएको हो।
केन्द्रीय सदस्य केदार कोइरालालाई कोशी संयोजक, केन्द्रीय सदस्य विनोद भारतीलाई मधेस संयोजक, केन्द्रीय सदस्य पूर्वमन्त्री परशुराम तामाङलाई बागमती संयोजक, केन्द्रीय सदस्य ताहिर अलीलाई लुम्बिनी संयोजक, केन्द्रीय सदस्य शंकर खराललाई गण्डकी संयोजक, केन्द्रीय सदस्य तीर्थराज चटौतलाई सुदुरपश्चिम संयोजकको जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाको स्थानीय तह परिचालन विभागमा मनोनयन भएकाहरूलाई शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनले मनोनयन पत्र प्रदान गरेका हुन्।
यसअघि विभागमा केन्द्रीय सदस्य भरत पाठक सदस्य सचिव र केन्द्रीय सदस्य रामहरि थापा, केन्द्रीय सदस्य देवकुमारी पराजुली (देबु) र विनोदकुमार यादव सदस्य रहेका थिए।
त्यस अवसरमा विभागले तयार पारेको स्थानीय तह विभागको कार्यविधि विभागीय प्रमुख प्रधानले अध्यक्ष लिङ्देनलाई हस्तान्तरण गरेका थिए।