राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि इसराइलका राजदूत समुलिक एरी बासबीच भेटवार्ता भएको छ।
अध्यक्ष लिङ्देनलाई भेट्न राजदूत बास राप्रपा केन्द्रीय कार्यालय पुगेका थिए।
अध्यक्ष लिङ्देन र राजदूत बासबीच बिहीबार शिष्टाचार भेटवार्ता भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
भेटघाटका क्रममा हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइ, दुई देशबीचको आपसी ऐतिहासिक सम्बन्ध, सिक्दै-कमाउॅदै कार्यक्रमको निरन्तरता, इसराइलमा नेपाली नागरिकको रोजगारी, कृषिमा इसराइलले गरेको प्रगति र यसबाट नेपालले लिन सक्ने लाभका विविध पक्षमा कुराकानी भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।