राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता तथा समर्थकहरूले पोखरामा खुसीयाली मनाएका छन्।
उनीहरूले रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै नाराबाजीसहित खुसीयाली गरेका हुन्।
जिल्ला अदालत कास्कीले बिहीबार रास्वपा सभापति लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो।
लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग भएको छ।
जिल्ला न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो।
उनीविरूद्ध काठमाडौंलगायत जिल्लामा पनि सहकारी बचत अपचलनमा मुद्दा रहेकोले धरौटी बुझाएपछि ती जिल्लामा लगिनेछ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा गत कात्तिक २ गते रास्वपा सभापति लामिछाने पक्राउ परेका थिए।
यो पनि: ७ जनालाई धरौटीमा छाड्न जिल्ला अदालत कास्कीको आदेश