काभ्रेका विभिन्न ६ वटा स्थानीय तहका बाढीपीडित गर्भवती र सुत्केरीलाई न्यानो लुगा हस्तान्तरण गरिएको छ।
परराष्ट्र मन्त्री आरजु राणा देउवाले बाढीपीडित गर्भवती र सुत्केरीलाई कम्मल हस्तान्तरण गरेकी हुन्।
सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालले धुलिखेलमा बिहीबार गरेको कार्यक्रममा महासंघका तर्फबाट उपलब्ध गराइएका कम्मल बाढीपीडितलाई हस्तान्तरण गरिएको हो।
काभ्रेका एक हजार ९० जना गर्भवती तथा सुत्केरीलाई कम्मल वितरण गरिएको परराष्ट्र मन्त्री राणाको सचिवालयले जनाएको छ।
ती कम्मल जनप्रतिनिधिहरूमार्फत् बाढीपीडित गर्भवती र सुत्केरीलाई उपलब्ध गराइनेछ।