उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालकाे अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जाेड दिनुपर्ने बताएका छन्।
तनहुँ महाेत्सवको बिहीबार उद्घाटन गर्दै उनले कृषककाे भलाइ र देशकाे आर्थिक विकासका लागि कृषि उत्पादन बढाउनुपर्ने बताए।
तनहुँले राजनीतिक रूपमा मात्र नभई कृषि, पर्यटन र ऊर्जाकाे क्षेत्रमा पनि महत्वपूर्ण भूमिका रहेका सिंहले बताए।
‘नेपालकाे अर्थतन्त्रलाई अगाडि बढाउन हामीले ऊर्जालाई व्यवस्थित गर्नुपरेकाे छ। कृषि उत्पादन वृद्धि गर्न तपाईं हामी सबैले जाेड दिनुपर्छ भन्नेमा दुइमत छैन,´ उनले भने।
काेभिडले नेपालकाे अर्थतन्त्रमा असर पारे पनि अहिले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आएकाे उनको भनाइ छ।
यसले राेजगारी सिर्जनासँगै अर्थतन्त्रमा समेत महत्वपूर्ण याेगदान पुर्याउने उनले बताए।
महाेत्सवले आर्थिक गतिविधि बढाउन, स्थानीय उत्पादनकाे बजारीकरण गर्न सघाउ पुग्ने उनको विश्वास छ।
उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारकाे प्राथिमकता नागरिककाे जिविका सहज बनाउनु रहेकाे भन्दै त्यसका लागि सरकारले कृषि, पर्यटन, उर्जा लगायतका क्षेत्रकाे विकासमा विशेष ध्यान दिइरहेकाे दाबी गरे।