नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग माओवादी’ अभियान चलाउने भएको छ।
पार्टीको तीन दिनसम्म चलेको बैठकले उक्त निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
'पार्टीले सुरूको ६ महिना अभिायन र अभियानको ६ महिनापछि महाधिवेशनमा जाने निर्णय गरेको छ,' उनले भने, 'उक्त अभियान जनतासँग माओवादी भन्ने नारासहित चलाउने निर्णय भएको छ।'
जनतासँग माओवादी भन्ने अभियान समाजवादका लागि एउटा कोशेढुंगा हुने विश्वास गरिएको उनले बताए।
संविधान संशोधनका विषयमा समेत बैठकमा गम्भिर छलफल भएको उल्लेख गर्दै संविधान संशोधनभन्दा कार्यान्वयनको पक्षमा जानुपर्ने पार्टीको धारणा भएको बताए।
(न्युज एजेन्सी नेपाल)