नेकपा (एमाले) को आठौं केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ।
आइतबारदेखि सुरू भएको बैठक अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंखर पोखरेलको सांगठनिक प्रतिवेदन पारित गर्दै सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
बैठकपश्चात पत्रकारहरूसँग कुराकानी गर्दै उनले समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण निर्णय भएको जानकारी दिए।
बैठकले कांग्रेस–एमालेको सहकार्यमा सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको निस्कर्ष निकालेको उनले बताए।
‘राजनीतिक, समसामयिक प्रस्तावमा हामीले नेपाली कांग्रेस र एमाले नेतृत्वको सरकार गठन भएपछि देशमा राजनीतिक स्थायित्वको आशा जागृत भएको, प्रमुख राजनीतिक दलहरूको नेतृत्वमा सात दल समावेश भएको सरकारले केही महत्वपूर्ण उपलब्धी हासिल गरेको तथा पार्टीले गर्नुपर्ने केही महत्वपूर्ण काम सुशासन, डेलिभरीका सन्दर्भमा सरकारलाई यथेष्ठ सुझाव तथा सल्लाह दिएको छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)