नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरू भएको छ।
काठमाडौंको धुम्बाराहीस्थित दरबार ब्यांक्वेटमा दोस्रो दिनको बैठक सुरू भएको हो।
आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्।
प्रचण्डले आइतबारको बैठकमा ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रतिवेदनमा पार्टीका नेताहरुलाई फागुन १ गतेभित्र सम्पत्ति विवरण बुझाउनेदेखि विप्लव नेतृत्वको नेकपासहित तीन कम्युनिष्ट पार्टीसँग एकताका लागि संवाद अगाडि बढाउने लगायत विभिन्न प्रस्तावहरू उल्लेख छ।
अध्यक्ष प्रचण्डले प्रतिवेदनमा राखेका विषयहरूमाथि बैठकमा सहभागी हुने सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने उपाध्यक्ष सापकोटाले जानकारी दिए।
'बोल्नका लागि कति समय दिने भन्ने विषय बैठकमै निर्क्योल हुन्छ तर सबैले धारणा राख्नुहुनेछ,' उनले भने।
माओवादीको केन्द्रीय कमिटी बैठकमा ४०९ केन्द्रीय सदस्य, २०५ जना वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १२५ जनाको समेत सहभागिता रहनेछ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन आमन्त्रित सदस्यका रूपमा बैठकमा सहभागी छन्।
तस्बिरहरूः