राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनका लागि सुझाव कार्यदल गठन गरेको छ।
केन्द्रीय समिति बैठकले आइतबार प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा कार्यदल गठन गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
कार्यदलमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले सदस्य छन्।
कार्यदलले सात वटै प्रदेशमा र संविधानविद्हरूसँग छलफल गरेर धारणा बनाउने कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।
सातै प्रदेशमा हुने छलफलकको संयोजक भने सोही प्रदेशका पार्टी सभापति रहनेछन्।